Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले यसलाई गम्भीर विषय भएको बताएकी छन्।

आईसीयू अस्पतालको अत्यन्त संवेदनशील कक्ष हो, जहाँ गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गरिन्छ। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिन्छ। बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समयमा मात्रै भेट्न दिइन्छ। तर, आईसीयूको संवेदनशीलता र स्वास्थ्यसम्बन्धी प्रोटोकलको बेवास्ता गर्दै अन्तर्वार्ता लिइएको भन्दै सांसद बास्कोटाले आपत्ति जनाएकी हुन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदांगो पारिदिएको छ।’ उनका अनुसार आईसीयूमै पुगेर अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय हुन्। मानिसको जीवनभन्दा ठूलो अन्य कुनै विषय हुन नसक्ने उनको भनाइ थियो।

यसअघि यो विषयमा प्रेस काउन्सिल नेपालले पनि ध्यानाकर्षण भएको जनाएको थियो। रसुवा बाढीमा परी उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिइएको विषयमा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका थिए।

रसुवा बाढीमा माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिइएको थियो। उक्त अन्तर्वार्ता ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं