Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गर्दै विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्क र आवश्यक प्रस्तावक–समर्थकको संख्या तोकेको छ। निर्देशिका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।

निर्देशिकाअनुसार कांग्रेसको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्रीका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यी पदका उम्मेदवारका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्नेछ।

केन्द्रीय सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ भने ५ जना प्रस्तावक र ५ जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका उम्मेदवारले ११ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ र त्यसका लागि ३ जना प्रस्तावक र ३ जना समर्थक आवश्यक पर्नेछ।

प्रदेश तहमा सभापतिका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि १० हजार रुपैयाँ र प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
यस्तो त शुल्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं