सुनसरी । सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ। साँझ ६:१५ बजेको विवरणअनुसार कोशी ब्यारेजमा १ लाख ७१ हजार ७१५ क्युसेक पानीको बहाव मापन गरिएको छ।
पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले ब्यारेजको अवस्था खतराको स्तरमा पुगेको जनाइएको छ। हाल २१ वटा गेट खुल्ला राखिएको छ। पानीको बहाव बढिरहेको अवस्थामा कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

