काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि सर्वदलीय बैठक बोलाएका छन् ।
सभापति लामिछानेले बुधबार बिहान ११ बजे बस्नेगरी सर्वदलीय बैठक आह्वान गरेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि भोटेकोशी बाढीपछि सभापति लामिछनेको आह्वानमा दुई पटक सर्वदलीय बैठक बसेको थियो ।