काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/ ०८३ मा १७५ वटा मुद्दा अदालतमा दायर गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव सुरेश न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतमा १७५ वटा अभियोगपत्र दायर गरिएको जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षमा आयोगले ५८५ वटा उजुरी तामेलीमा राखेको छ। आयोगमा परेका उजुरीमध्ये ८ हजार १९ वटा फर्स्योट हुन बाँकी रहेको न्यौपानेले बताए। त्यस्तै, आयोगले पछिल्लो एक वर्षमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पाँचवटा मुद्दा अदालतमा दायर गरेको छ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै मुद्दा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानीसम्बन्धी रहेको आयोगले जनाएको छ। यसैगरी, झुटा शैक्षिक प्रमाणपत्रसम्बन्धी १५ वटा मुद्दा दायर गरिएको छ।