Lite Nepal

बिहिबार, आश्विन ०१, २०८३
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गते हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन् ।

‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु । कतिपय साथीहरूले पनि भन्नुभएको छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने ।

थापाले पार्टी विधानअनुसार अब देउवा सभापति बन्न नसक्ने उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरे । ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ उनले भने ।

थापाका अनुसार असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरिनेछ । त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ भने त्यसपछि नगर अधिवेशन गरिनेछ ।

उनले जिल्ला र प्रदेश अधिवेशनका लागि समयको चाप रहेकाले पार्टीका नेताकार्यकर्तासँग थप छलफल गर्दै अघि बढ्नुपर्ने बताए । पार्टीको एकताका लागि सबै पक्ष उभिनुपर्नेमा पनि उनले जोड दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं