Lite Nepal

सोमबार, आश्विन ०५, २०८३
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भोलिदेखि मोबाइल लैजान नपाइने व्यवस्था गरिने बताएका छन्। रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले बैठकलाई व्यवस्थित बनाउन मोबाइल बाहिर राख्ने व्यवस्था गरिने जानकारी दिए।

उनले बैठकका क्रममा भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्न पनि निर्देशन दिए। ओलीले बैठकमा आसन छाड्दा अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नुअघि अध्यक्षको ध्यानाकर्षण गराई अनुमति लिएर मात्रै बोल्नुपर्ने बताए। विशेष परिस्थिति उत्पन्न भए अध्यक्षले बैठकको समय हेरफेर गर्न सक्ने उनको भनाइ थियो।

ओलीले बैठकमा आज राजनीतिक प्रतिवेदन पेस हुने र त्यसलाई अध्ययन गर्न समय दिइने बताए। उनले केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा लिखित रूपमा व्यवस्थित र बुँदागत ढंगले प्रस्तुत गर्न निर्देशन दिए। समय अभावका कारण बैठकमा राख्न नभ्याएका विषयहरू नोट गरेर लिखित रूपमा बुझाउन पनि उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं