काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनको जगमा बनेको सरकारले नै आन्दोलनका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आन्दोलनका क्रममा उठाइएका मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै प्रश्न गरे ।
“जेनजीहरूकै मागलाई सरकारले बेवास्ता गरेको कुरा बिर्सनलायक छ रु म सरकारलाई प्रश्न गर्न चाहन्छु,” उनले भने । राईले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे । घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने तथा उनीहरूलाई उचित क्षतिपूर्ति र जीवनयापनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, घाइते तथा सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने उनले माग गरे । आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातमा विशेष छुटको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरे ।