Lite Nepal

सोमबार, आश्विन ०५, २०८३

काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा शुरु गरेको छ ।

तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९-४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा नेपाल २४-२८ ले पछि पर्‍यो ।

यससँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले सुरुवात गर्‍यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्याण्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो । दोस्रो हाफमा थाइल्याण्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो ।

समूह ‘बी’ को थाइल्यान्डले ११ अंकको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो । विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए । नेपालले २९ रेड अंक र बोनस अंक १८ पायो । साथै एक सुपर अंकसमेत नेपालले प्राप्त गरेको थियो । पहिलो खेलमै पराजित भएपछि नेपाल दोस्रो चरणमा पुग्न दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं