Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरु पनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौँ, आज दिनभरमा पहिचान पत्ता लगाउने छौँ,’ सुवेदीले भने ।

जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको भए पनि दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको छ ।

सामाजिक सञ्जालमा आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाएको साथै बससँग सम्बन्धित व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो ।

बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको थियो तर लाइसेन्स दुरुपयोगको भएको अनुमान गरिएको छ ।

आगलागीमा घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं