Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

विराटनगर । जापानमा शक्तिशाली सामुद्रिक आँधी ‘डुजुआन’का कारण दुई जनाको ज्यान गएको छ ।

पाँच जना घाइते भएका छन् । अरु केही मानिसको अवस्था थाहा हुन सकेको छैन । आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ्यो ।

जापानको मौसम विज्ञान विभागले यसअघि ‘तत्काल जीवनका लागि खतरा’ भन्दै विभिन्न चेतावनी जारी गरेको थियो ।

तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिमसम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ ।

तीव्र हावाहुरीका कारण विद्युत् सेवा, उडान र रेल सेवा प्रभावित भएको छ ।

जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्वनिर्धारित योजनाअनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं