Lite Nepal

शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो।

अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे। नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। क्वार्टरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग खेल्नेछ।

यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वार्टरफाइनल पुगेको थियो, जहाँ भारतसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं