Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो।

सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

तोकिएको समयभित्र हाजिर नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनका लागि उक्त सूचना प्रकाशित गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं