Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडौं । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन्। यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन्।

क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो। कोभिड १९ को संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको मूल्यांकन गरेर अंक पठाउन सम्बन्धित क्याम्पस र शिक्षकलाई अनुमति दिएको थियो। सोही अनुमतिको आधारमा मूल्यांकन गरेर पठाएको अंकमा व्यापक हेरफेर गरेर विश्वविद्यालयले नतिजा प्रकाशन गरेको विद्यार्थीको आरोप छ। क्याम्ब्रिजले नतिजा प्रकाशन गर्दा ए ग्रेड ल्याउन सक्ने विद्यार्थीलाई डी दिएको छ। डी मात्रै ल्याउने क्षमता भएका विद्यार्थीलाई ए दिएको विद्यार्थीको गुनासो छ।

नतिजा सच्याउन माग गर्दै विद्यार्थीले ब्रिटीस काउन्सिल अगाडि धर्ना दिंदै आएका छन्। उनीहरुले ुचिठ्ठा सार्वजनिक गरे जसरी नतिजा दिन बन्द गर, शिक्षकलाई विश्वास गरु भन्ने प्लेकार्ड बाकेर काउन्सिल अगाडि धर्ना दिएका थिए। काउन्सिललाई पत्राचार गरेर नतिजा सच्याउन उनीहरुले लिखित अनुरोध समेत गरिसकेका छन्। नेपालमा ए लेभलको परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायत अन्य व्यवस्थापन काउन्सिलले गर्छ। मल्पि एकेडेमीमा ए लेभल पढिरहेका एक विद्यार्थीले भने,‘नतिजामा थुप्रै त्रुटि छन्। राम्रो नतिजा ल्याउने आशामा रहेका विद्यार्थीलाई निराश बनाएको छ। कतिपय विद्यार्थीले सोच्दै नसोचेको ग्रेड पाएका छन्।’

नतिजा प्रकाशन भएपछि स्नातक तहमा अध्ययन तयारी गरिरहेका थुप्रै विद्यार्थीहरु नतिजा गडबड भएपछि अध्ययनबाट वञ्चित हुने अवस्था आएको उनीहरुको गुनासो छ। उनले भने, ‘थुप्रै साथीहरु विश्वविद्यालयमा छात्रवृत्तिका लागि छनौटसमेत भइसकेका छन्। उनीहरु नतिजा मात्र कुरेर बसेका थिए। तर अकस्मात नतिजा नराम्रो आएपछि छात्रवृत्तिमा पढ्न पाउनु त कता हो कता, स्नातकमा भर्ना नै हुन नपाउने अवस्थामा पुगेका छन्।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं