Lite Nepal

सोमबार, बैशाख ०७, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान तथा सञ्चालन समय अस्थायी रूपमा घटाइएको छ। विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो।

नयाँ व्यवस्थाअनुसार विमानस्थल अब राति ११:४५ बजे बन्द हुनेछ भने बिहान ६:३० बजे मात्र पुन: सञ्चालनमा आउनेछ। यसअघि विमानस्थल राति १ बजेसम्म खुला रहने व्यवस्था थियो।

विमानस्थल सुधार आयोजनाअन्तर्गत धावनमार्ग आसपासमा निर्माण तथा स्तरोन्नति कार्य हुने भएकाले उडान समय कटौती गरिएको कार्यालयले जनाएको छ। निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाउन तथा उडान सञ्चालनमा प्रभाव न्यून बनाउन समय तालिका परिवर्तन गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं