Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । युवापुस्तामाझ चर्चित गायक प्रमोद खरेल यसपालि तीजको ब्रत बसेका छन् ।

प्रमोदले आफू यसपालिको तीजको ब्रत बसेको ट्वीटमार्फत जानकारी दिएका हुन् ।

यो वर्ष उनकी श्रीमती दीपाले ब्रत बस्न नसक्ने हुँदा उनको साटो आफूले ब्रत बस्ने निर्णय लिएका हुन् ।

‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्’, उनले भने, ‘श्रीमती बिरामी भएको तीन महिना भयो, सुधार धेरै भएपनि यसपालि सक्दिँनन् ।

त्यसैले यसपालि म उनको लागि किन ब्रत नबस्ने ? यसपालि मैले उनको लागि ब्रत बस्दैछु ।’

दीपाले केही समयअघि छोरीलाई जन्म दिएकी थिइन् ।

बच्चा जन्मने समयमा आमा र शिशुको स्वास्थ्यमा कठिन समस्या उत्पन्न भएको थियो ।

दुवैको स्वास्थ्यमा सुधार भएपनि अहिले दीपा स्वास्थ्यलाभ गरिरहेकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं