Lite Nepal

शनिबार, भाद्र ०६, २०७७

विराटनगर । जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ ।

समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो ।

यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण नियन्त्रण गर्न र फैलन नदिन निषेधाज्ञा गर्नु परेको जनाउँदै उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।

उनले निषेधाज्ञाको अवधिमा अनआवश्यक हिँडडुल गर्ने, घरबाट बाहिर निस्कने, बजार र पसल खुल्ला राख्ने, यातायातका साधन सञ्चालन गर्ने, भीडभाड गर्न खोज्ने लगायत रोक लगाइएका गतिविधी गरेमा पक्राउ गरेर छ महिनासम्म कैद सजाय गरिने स्पष्ट पारे ।

जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले राति १२ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

त्यसअनुरुप निषेधाज्ञा सुरु भइसकेका कारण नियमको सबैले पालना गर्न आवश्यक रहेको प्रजिअ निरौलाको भनाइ छ ।

निषेधाज्ञा पालना गराउन रातिदेखि नै विराटनगर लगायत विभिन्न स्थानीय तहका वडावडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं