Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेर ३५ मिनेटमा धरान ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ रिपाेर्ट आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

वीपीकै हेल्प डेस्कबाट भर्नाका लागि रिफर गरिएका ती पुरुषमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएको उनले बताए।

त्यसैगरि उनमा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या रहेको प्रतिष्ठानले जनाएको छ।

हाल उनको शव व्यवस्थापनको कार्य भइरहेको प्रवक्ता सापकोटाले बताए।

वीपीमा प्लाज्मा थेरापीबाट उपचार गरिएका उनी पहिलो व्यक्ति हुन्।

यसअघि शनिबार धरान १५ का ६७ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो। उनलाई पनि प्लाज्मा थेरापीको पहिलो डोज दिइएको थियो।

यससंगै प्रदेश १ मा १५ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं