Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘सोच्न पनि नसकिने महापराध गरिएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

आवतजावत रोकेर संक्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं