Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं