Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन दिएका छन् ।

मोरंङको बुढीगंगामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रजिअलाई उनले निर्देशन दिएका हुन् ।

मन्त्री घिमिरेले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग परीक्षण शुल्कका विषयमा सोधपुछ समेत गरेका छन् ।

प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पारेको बताईएको छ ।

गाउँपालिकाले उद्योगसँग प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्रि घिमिरेले चासो लिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं