Lite Nepal

बुधबार, भाद्र १०, २०७७

काठमाडौं । इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् ।

इजिप्टले गएकाे जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो ।

तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ ।

स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता हेरेर सन्तुलन कायम गर्दै अघि बढेको इजिप्टका पर्यटन मन्त्री खालेद अल अननीले बताउनुभएको छ ।

इजिप्टमा झण्डै एक लाख कोरोना सङक्रमित रहेका छन् ।

त्यहाँ सङक्रमणकै कारण पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

इजिप्टको राजस्वको मुख्य स्रोत पर्यटन र विदेशी मुद्रा हो ।

त्यहाँ सन् २०१९ मा पर्यटन क्षेत्रबाट मात्रै झण्डै १३ अर्ब अमेरिकी डलर भित्रिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं