Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३१९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८८७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २२७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३१७ जना संक्रमित भएकोमा २० लाख २० हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६१५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७३३ जनाको मृत्यु भएको छ । ५९ लाख ७२ हजार ४४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५७६ जनाको मृत्यु भएको छ । २७ हजार ७८४ जना संक्रमित भएकोमा २२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा