काठमाडौं । भारत कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेदरमा विश्वकै अग्र स्थानमा आएको छ ।
पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाई समेत भारतले उछिनेको छ ।
कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ६ सय १९ र अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ ।