काठमाडौँ । बैंक कर्मचारी भन्दै केवाईसी अद्यावधिक गर्ने बहानामा ठगी गर्ने चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अभय तिवारी (२२), जय कुमार केवट (२२), विद्या सागर केवट ९२२० र कुवेर थापा (२७) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले फोन तथा ह्वाट्सएपमार्फत पीडितलाई सम्पर्क गरी स्क्रिन सेयर र ओटीपी कोड लिन्थे। त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको खुलेको छ। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।