Lite Nepal

बुधबार, भाद्र ०३, २०८३

विराटनगर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कोशीको राजधानी विराटनगरमा आफ्नै शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै ग्राहकलाई डेलिभरी सुरु गरेको छ ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय मोडेलका रूपमा भित्रिएको यो गाडी आधुनिक सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।

विराटनगर महानगरपालिका – ४ का अध्यक्ष जितन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यक्रममा नाडा कोशी प्रदेशका अध्यक्ष दिल्लीराम आचार्य र पूर्व अध्यक्ष सुभाष आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

वडाध्यक्ष थापाले नेपालमा विद्युतीय सवारी बजार बढिरहेको र प्रोटोनको विराटनगर उपस्थितिले सहरलाई थप मूल्य दिने बताए । उनले गाडीको ‘रिडिफाइन युर एभ्रिडे’ ट्याग लाइनले सर्वसाधारणको दैनिक जीवनलाई नयाँ परिभाषा दिने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथि आचार्यले विराटनगरमा प्रोटोन शोरुमको सुरुवातमा पनि आफू उपस्थित रहेको स्मरण गर्दै यस्ता गाडीले सर्वसाधारणलाई विद्युतीय सवारीबारे जान्न, महसुस गर्न र दैनिक प्रयोगमा ल्याउन मद्दत गर्ने दाबी गरे ।

गाडीको औपचारिक अनावरण र फोटो सेसनपछि जगदम्बा मोटर्सका पूर्वी क्षेत्र रिजनल म्यानेजर सुमन रेग्मीले समापन मन्तव्य राखेका थिए । उनले इ. मास ५ को कम्फर्ट, फ्रिडम, ड्राइभिङ, कन्भिनियन्स र कन्ट्रोल गरी पाँच विशेषतामा केन्द्रित रहेर यसलाई ग्राहकको दैनिक यात्राको भरपर्दो साथी भनी वर्णन गर्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे ।

इच्छुक ग्राहकहरूले विराटनगरस्थित प्रोटोन शोरुममा पुगेर गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सक्नेछन् । कम्पनीका अनुसार सवारीको डेलिभरी हाल सुरु भइसकेको छ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको आधिकारिक वितरक हो ।

यसअघि काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र चितवनमा पनि सफलतापूर्वक सार्वजनिक कार्यक्रम सम्पन्न भएका छन् । यसपछि हामी जनकपुरमा नयाँ र त्यसपछि वीरगञ्जमा पनि गाडी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन ईमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं