Lite Nepal

बुधबार, भाद्र १७, २०७७

विराटनगर । प्रदेश १ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्यमा १३ जना प्राज्ञिक परिषद सदस्य मनोनीत भएका छन् ।

उपत्यका बाहिर नाम चलेका मध्येका एक वीरगंजका प्राध्यापक डा. दीपक शाक्य सहित विभिन्न क्याम्पसका प्राध्यापकहरुलाई परिषद सदस्यमा मनोनयन गरिएको छ ।

यो पटक विभिन्न क्षेत्रका ज्ञाताका रुपमा रहेका सबैलाई समेटेर सदस्य मनोनयन गरिएको प्रत्यक्ष अनुभुती भएको पाथिभरा बहुमुखी क्याम्पसका प्राध्यापक सजन पौडेल बाताउँछन् ।

‘राजनितिक मनोनयन भए पनि प्राज्ञिक परिषदको सदस्य उत्कृष्ठ छनोट देखिन्छ,’ उनले भने ‘यसले विश्वविद्यालयलाई सुधार्न थप मदत पुर्याउँछ ।’

लामो समयदेखि गुणात्मक शिक्षाको प्रचार प्रसारमा समेत रहेका वीरगंजका प्राध्यापक डा. दीपक शाक्य लाई समेत प्रदेश १ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको सदस्यमा नियुक्ति गर्नु राम्रा मान्छे खोजेर राख्नुको संकेत भएको यस क्षेत्रका विज्ञ बताउँछन् ।

सदस्यमा नियुक्ति भएका डा. शाक्यको नेतृत्वमा प्रदेश नं २ मै राम्रो शैक्षिक संस्थाको रुपमा वीरगंज पब्लिक कलेज संचालनमा रहेको र उपत्यका बाहिर नाम कमाएका प्राध्यापकका रुपमा उनि चिनिन्छन् ।

कलेज संचालनमा अब्बल व्यवस्थापकीय नेतृत्व देखाएका डा. शाक्यको विश्वविद्यालयको प्राज्ञिक परिषदमा भएको मनोनयनले उनको योगदानको सम्मान समेत गरेको शैक्षिक क्षेत्रका विज्ञहरुको टिप्पणी रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० ले व्यवस्था गरेको प्राज्ञिक परिषदमा सोही ऐनको उपदफा २ बमोजिम कार्यकारी परिषदको सिफारिसमा विश्वविद्यालयका कुलपती प्रधानमन्त्री के.पी. शर्मा ओलीले परिषद सदस्य मनोनयन गरेका हुन् ।

ऐनको दफा १० बमोजिम मनोनीत भएका परिषद सदस्यको तीन वर्षको कार्यकाल रहने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा