Lite Nepal

सोमबार, भाद्र ०८, २०८३

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्‍याएको छ।

मालपोत कार्यालय अगाडि अन्दाजी २–३ दिनको नवजात शिशु (छोरा)  फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्‍याएको हो।

प्रहरीका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शिशुलाई कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं