Lite Nepal

शनिबार, भाद्र १३, २०८३

मोरङ । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका -१५ जना अझै सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिए। उनका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका-७ का शिवशङ्कर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका-११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रङ्गेली नगरपालिका-६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका-७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर-१ का दुर्गाप्रसाद पोखरेल छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं