Lite Nepal

शनिबार, भाद्र १३, २०८३

विराटनगर । विराटनगर–४ इक्राही नहरस्थित धान खेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सेतो प्लास्टिकको बोरामा राखिएको अवस्थामा सालनालसहितको नवजात शिशु (छोरा) फेला परेको हो।

स्थानीयवासीले शिशु रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सहयोगमा प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याएको हो। शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र एसओएस विराटनगरसहितको टोली परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं