विराटनगर । भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रानी आँखा उपचार केन्द्रले नगद तथा राहत सामग्री सहयोग गरेको छ ।
विपद्को यस कठिन घडीमा आँखा उपचार केन्द्रले यसअघि २१ हजार १५१ आर्थिक सहयोग गर्नुका साथै बाढीपीडितका लागि आज १५० थान ब्ल्यांकेट समेत राहतस्वरूप प्रभावित क्षेत्रमा पठाएको छ ।

रानी आँखा अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ नत्ररोग विषेशज्ञ डा. अविशेक सुवालले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको बताउँदै राहत सहयोग गरको बताए ।
बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले ब्ल्यांकेट राहत स्वरुप प्रदान गरिएको उनको भनाइ छ । यसअघि उपचार केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै विपद् प्रभावित नागरिकको राहतका लागि योगदान गरेको थियो ।