Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३

विराटनगर । सार्वजनिक स्थानमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–६ स्थित महेन्द्र चोकमा युवतीमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान गरी खोजतलास गर्ने क्रममा विराटनगर–६ का ३२ वर्षीय महेन्द्र कुमार मण्डल र विराटनगर–९ का ३३ वर्षीय अभिलेष कुमार प्रसादलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई विराटनगर रानी क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले सार्वजनिक स्थानमा हुने यस्ता दुर्व्यवहारका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं