काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए।

१४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान तीन विकेट लिए। अब नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल शनिबार हुनेछ। विजेता टोलीले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।