Lite Nepal

आइतबार, भाद्र २८, २०८३

काठमाडौं । गत १० भदौमा आएको विनाशकारी बाढीबाट विस्थापित परिवारलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चारभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराइनेछ ।

यदि कुनै परिवारले उक्त रकम लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाले बताएका छन् । यस सम्बन्धमा आवश्यक विवरण संकलन गर्न सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको जानकारी पनि मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं