Lite Nepal

सोमबार, भाद्र २९, २०८३

विराटनगर । उच्च अदालत विराटनगरउच्च अदालत विराटनगर तथा वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ ।  न्यौपानेको २०८३ साल भदौ २९ गते बिहान ८ः२५ बजे इटहरी–६ स्थित पिसजोन मार्गमा रहेको आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।  न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए ।

लामो समयदेखि उपचाररत उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि निवासमै उपचार भइरहेको थियो ।स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने छन् ।

स्वर्गीय न्यौपानेको पार्थिव शरीरलाई भदौ २९ गते दिउँसो १ बजे इटहरी–६, पिसजोन मार्गस्थित निवासबाट अन्तिम संस्कारका लागि बुढीगंगा–इटहरी आर्यघाट लगिने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं