Lite Nepal

बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/ ०८३ मा १७५ वटा मुद्दा अदालतमा दायर गरेको छ।  आयोगका प्रवक्ता एवं सहसचिव सुरेश न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतमा १७५ वटा अभियोगपत्र दायर गरिएको जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा आयोगले ५८५ वटा उजुरी तामेलीमा राखेको छ। आयोगमा परेका उजुरीमध्ये ८ हजार १९ वटा फर्स्योट हुन बाँकी रहेको न्यौपानेले बताए। त्यस्तै, आयोगले पछिल्लो एक वर्षमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पाँचवटा मुद्दा अदालतमा दायर गरेको छ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै मुद्दा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानीसम्बन्धी रहेको आयोगले जनाएको छ। यसैगरी, झुटा शैक्षिक प्रमाणपत्रसम्बन्धी १५ वटा मुद्दा दायर गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं