काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार अदालतले माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि तामाङलाई शुक्रबार केन्द्रीय कारागार, सुन्धारा पठाइएको हो।
रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेपछि सिंहदरबारबाट बाहिरिने क्रममा तामाङ पक्राउ परेका थिए। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।
