Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

विराटनगर । भोटेकोशी नदीमा आएको बाढीमा परी हराएका पत्रकार टेकराज थामी फर्किएर नआएपछि आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। बाढीमा हराएपछि परिवारले उनी फर्किएर आउने आशामा लामो समयसम्म प्रतीक्षा गरेको थियो।

२४ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेपछि परिवारले धार्मिक तथा परम्परागत विधिअनुसार कुशको शव बनाएर पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरेको हो।  थामीको खोजीका लागि विभिन्न प्रयास भए पनि उनी फेला पर्न सकेका थिएनन्। परिवारका लागि लामो प्रतीक्षापछि गरिएको यो अन्त्येष्टि भावुक र पीडादायी बनेको छ।

तस्बिरहरू : नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं