Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

विराटनगर । राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। मोरङको बेलबारी स्थित प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो।

राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका दाहाल सुन्दरहरैचा-८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन्। उनलाई अहिले विराटनगर ल्याइएकाे छ । प्रहरीका अनुसार उनलाई आजै काठमाडौँ लगिनेछ ।

​उनले सत्ता र शासन व्यवस्थाका त्रुटीहरू विरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षि भूमिका निर्वाह गर्दै आएका थिए। त्रिमुल नेपालले दाहाल माथिको धरपकड हालको कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गर्ने घटना भएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं