Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं । सरकारले झाडापखाला लागेका व्यक्तिको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ टेस्टिङु सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो।

यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका व्यक्तिहरूको पनि परीक्षण गर्ने भनिएको छ।

साथै, हवाइ मार्ग र स्थल मार्ग भएर विदेशबाट आउनेको पनि परीक्षण हुने भएको छ। फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको पनि परीक्षण गर्ने मापदण्डमा उल्लेख छ। यसरी परीक्षणको लागि सरकारले पिसिआर र आरडिटी विधि प्रयोग गर्ने भनेको छ।

यसअघि मन्त्रालयले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो। तर अहिले प्रयोग गर्ने भनेको आरडिटी भने ‘एन्टिजेन’ हो। यो किट दुई प्रकारको हुन्छ। एउटा एन्टिबडी र अर्को एन्टिजेन। एन्टिबडीले शरीरमा संक्रमण भएपश्चात भाइरसविरूद्ध लड्ने एन्टिबडी बन्योरबनेन भनेर पत्ता लगाउँछ भने एन्टिजेनले संक्रमण नै छरछैन भनेर यकिन गर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा