Lite Nepal

बिहिबार, मंसिर ०३, २०८३

विराटनगर । विराटनगरबाट भन्सार छली गरी भारतबाट ल्याइएका ५७ बोरा खाद्य सामग्री बरामद गरिएको छ।

विराटनगर महानगरपालिका–७ स्थित भृकुटी चोकमा रहेको नेपाल ट्रान्सपोर्टमा लोड गर्ने तयारी अवस्थामा राखिएका खाद्य सामग्री सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले आज (बिहिवार ) ३७ बोरा खुर्सानी, १० बोरा केराउ र १० बोरा चनाको दाल बरामद गरेको जनाएको छ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं