Lite Nepal

सोमबार, साउन १९, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा उपत्यकामा ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित विभिन्न जिल्लाका छन् । याेसँगै देशभर कुल संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ ।

५ हजार ७३२ सक्रिय संक्रमित रहेका छन् । हालसम्म ३ लाख ९८ हजार ९०७ जनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं