Lite Nepal

आइतबार, जेठ १६, २०७८

ताप्लेजुङ । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनका गरेकोमा जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

सरकारले ताप्लेजुङको पहिचान र इतिहाँस माथी आक्रमण गर्न खोजेको भन्दै जिल्लाका ७ राजनीतिक दलले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन ।

‘विकास र नामाकरणका नामा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ ‘यसलाई समयमा सच्याउन सरकार सँग माग गर्दछौँ ।’

आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र संघिय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।

उनिहरुले सरकारको यो निर्णयलाई नसच्याएमा शसक्त प्रतिरोध गर्ने समेत जनाएका छन् । सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने जनाएको थियो ।

हेलिकप्टर दुर्घटना क्षेत्रमा रवीन्द्र स्मृति पार्क बनाउने विषयमा सहमति जनाएका ताप्लेजुङका राजनीतिक दल र नागरिकले यो निर्णयले रबीन्द्र अधिकारीको समेत अपमान भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं