Lite Nepal

बिहिबार, जेठ २०, २०७८

विराटनगर । प्रदेश १ सरकारले ‘कोरोना जनसुरक्षा कोष’ मा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै अब प्रदेश १ को कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुग्ने छ । कोषबाट अहिलेसम्म १७ करोड बढी रकम खर्च भएको छ ।

प्रदेश सरकारका अनुसार कोषमा रकम रितिँदै गएपछि प्रदेश सरकारको कोषबाट कोरोना जनसुरक्षा कोषमा रकम थप्ने निर्णय भएको हो । हालसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत २ करोड २ लाख १२ हजार ३ सय ८६ र सामाजिक विकास मन्त्रालय मार्फत १५ करोड ४८ लाख २६ हजार रुपैयाँ निकासा भई खर्च भएको तथ्याङ्क छ । २०७७ चैत ११ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रदेशका जिल्ला र तहहरुमा क्वारेन्टाईन, आईसोलेसन तथा कोरोना संक्रमितको व्यवस्थापनका लागि कोषबाट मन्त्रालयगत रुपमा रकम निकासा गरी खर्च गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं