Lite Nepal

शुक्रबार, जेठ २१, २०७८

पाँचथर । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका फिदिमनगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको छ ।

रानिटार स्थितघुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए ।

‘दुवैजना मृतकमा कोरोनाको लक्षण देखिएको थियो,’ नेम्बाङले भने ‘उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी छन् ।’ उनीहरुमा ज्वारो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ ।

घुमाउनेटारका वृद्धको घरमै निधन भएको हो भने कागेतका पुरुषलाई उपचारका लागि समर्पित अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो । उनीहरुको कोरोना परीक्षण गरिएको थिएन ।

नेम्बाङका अनुसार अब परीक्षण गर्ने कि नगर्ने भनेर सम्बन्धित निकायसँग परामर्श भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं