Lite Nepal

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३(०१(००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो ।

त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे( सहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठ ।

दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको विवरण पठाउन निर्देशन दिएको छ ।

पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए ।

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो ।

सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेका युवती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ ।

प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं