Lite Nepal

सोमबार, जेठ २४, २०७८

इलाम । विषालु जंगली च्याउ खाएर इलाममा ४ जना बिरामी भएका छन् । जिल्लाको सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका बिरमान राई र उनकी श्रीमती बिष्णुकुमारी राई बिरामी भएका हुन् ।

जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ बिरमानको घरमा पकाएर खाएका थिए ।

जंगली च्याउ खाएर विरामी भएका उनीहरुलाई उपचारको लागि इलाम अस्पताल लगिएपनी स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारको लागि झापा स्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चार जना मध्ये जीतबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं