इलाम । विषालु जंगली च्याउ खाएर इलाममा ४ जना बिरामी भएका छन् । जिल्लाको सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका बिरमान राई र उनकी श्रीमती बिष्णुकुमारी राई बिरामी भएका हुन् ।
जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ बिरमानको घरमा पकाएर खाएका थिए ।
जंगली च्याउ खाएर विरामी भएका उनीहरुलाई उपचारको लागि इलाम अस्पताल लगिएपनी स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारको लागि झापा स्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
चार जना मध्ये जीतबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेको बताईएको छ ।