Lite Nepal

सोमबार, जेठ २४, २०७८

विराटनगर । एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आइतबार निकालेको विज्ञप्तिपछि एकताबद्ध एमालेको प्रक्रिया अगाडि बढेको बताएका छन् ।

अध्यक्षको वक्तब्यपछि एमालेको विवाद समाधानको वातावरण बनेको भन्दै भट्टराईले सबै समस्या समाधान भइनसकेको भएपनि त्यसबाट अब छलपलबाट समाधान निस्कने बताए ।

प्राईम टाईम टेलिभिजनलाई सोमबार विहान अन्तरवार्ता दिँदै भट्टराईले आपूmहरुले विभाजन ब्यहोरेर आएकोले पार्टीलाई एकताबद्ध बनाएर आन्तरिक संघर्ष गर्दा नै फाइदा हुने बताए ।

नेपाल समूहमा पनि आफ्नो फरक मत रहँदै आएको भन्दै भट्टराईले प्रतिनिधिसभा विघटनसहितका विषयहरु अब पार्टीभित्र समिक्षा हुने स्पष्ट पारे । ‘देशको पद्दति, लोकतन्त्र, प्रतिनिधिसभा विघटन जस्ता केपी ओली गरेका निर्णयहरु अब पार्टीको बैठकमा राख्नेछु’ उनले भने, ‘ती विषय अब पार्टीको आन्तरिक छलफलका विषय हुन् ।’ ओलीले गरेका कमजोरीबारे पार्टीको दस्ताबेजहरु निर्माण गर्दा छलफल हुने उनको भनाइ छ ।

आपूmहरुको पहलकै कारण ओलीको पछिल्लो वक्तब्य आएको बताउँदै उनले पार्टी पुर्ववत अवस्थामा फर्कियो भनेपछि फागुन २३ यतका सबै निर्णय खारेज भइसकेकोले माधबकुमार नेपालसहितका नेताहरुमाथिको कार्वाहीको औचित्य सकिएको जिकिर गरे ।

पार्टी पूर्वएमालेमा फर्कन आफूहरुको माग रहेपनि अध्यक्षको आसय माओवादीबाट आएका साथीहरुसहित बैठक बस्ने रहेकोमा त्यसमा कुनै समस्या नरहेको भट्टराईको भनाइ छ । अरु पार्टीबाट आएकालाई तिमीहरु नआउ भन्न नसकिने उनको भनाइ छ ।

अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिने विषयमा पार्टीमा छलफल गरेर एउटा निचोडमा पुग्न सकिने बताउँदै भट्टराईले एमाले एक भएपछि एमालेको संस्थागत निर्णयको आधारमा सरकारको बारेमा निर्णय हुने उल्लेख गरे ।

पार्टीले संस्थागत रुपमा शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको अवस्थामा मात्र देउवालाई समर्थन गर्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं