Lite Nepal

मंगलबार, जेठ २५, २०७८

काठमाडौं । चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ ।

यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।

अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा