Lite Nepal

मंगलबार, जेठ २५, २०७८

विराटनगर । पहिले सँगै सत्तायत्रा गरेको नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा दैनिक सरकारको आलोचना गर्न सुरु गरेको छ ।

सोमबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिबेशनको पहिलो दिननै आधाघण्टा सरकारको आलोचना गरेका नेकपा माओवादी केन्द्र संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले मंगलबार पनि विषेश समय लिएर सरकारका विरुद्ध खनिए ।

प्रदेश सरकारको पूर्व अर्थमन्त्री समेत रहेका आङ्बोले प्रधानमन्त्री केपी ओलीको दौराको फेर मुख्यमन्त्रीले समाएकाले प्रदेशको नामाकरण र विकास हुन नसकेको आरोप लगाए । ‘प्रदेशको नामांकनको हुन नसक्नुको कारण तत्कालिन नेकपाको संसदीय दलले प्रधानमन्त्री केपी ओलीको निर्देशन नमान्नु हो,’ उनले भने ‘प्रदेशसभामा प्रधानमन्त्रीले हस्तक्षेप नगरको भए राजधानीसँगै नाम तोकिने थियो ।’

उनले केपी ओलीले चालेका हरेक कदमको सिको प्रदेशका मुख्यमन्त्रीले पनि अनुसरण गर्न थालेको आरोप लगाए । प्रतिनिधिसभा विघटन, नेकपाको एकता भंग, असंवैधानिक अध्यादेश र नियुक्तिको चाङ खडा गर्ने, भ्रष्टारचारीको संरक्षण गर्ने प्रधानमन्त्रीको कदमको बचाउ गर्नु गलत रहेको उनको भनाई थियो ।

गत वर्षको बजेटबारे मुख्यमन्त्रीले आपूmमाथि दोषारोपण गर्न खोजेकोप्रति आपत्ती जनाउँदै पूर्व आर्थिक मामिलामन्त्री आङ्बोले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा नभएपनि सरकारको नेतृत्वले अरुलाई दोष दिनु हाँस्यास्पद रहेको बताए । बजेटबारे मलाई थाहा भएन र झुक्याइयो भन्नु गैरजिम्मेवार कुरा भएको भन्दै उनले मुख्यमन्त्री ढुंगाको मुर्ती हो भन्ने प्रश्न गरे । ‘सरकारको प्रमुखलाई थाहा नभई बजेट आउँछ’ उनले भने, ‘बजेट मन्त्रिपरिषदबाट पारित भएर आउने तथ्य हो ।’

बजेट निर्माणको बेला गैरबजेटरी खर्च गरेर १८–२० वटा गाडी खरिद गर्ने प्रयासमा रोकिएको र थप ६ अर्बको स्रोत सुनिश्चितता अब गर्न सकिन्न भन्दा बजेट बनाउने उपसचिबको आपूmलाई जानकारी नभई सरुवा भएको आङ्बोले स्मरण गरे । आर्थिक मामिला मन्त्रालयले तयार गर्नुपर्ने सार्वजनिक खरिद नियमावली मुख्यमन्त्री कार्यालयले आफैं तयार गरेको स्मरण गर्दै उनले मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको सम्बन्ध यसबाट कस्तो थियो भन्ने स्पष्ट हुने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा